करिनाको कारण शैफअलि खानलाइ ठुलो झट्का अजै ५ बर्ष बच्चा नजन्माउने

9:16 AM | 0 comments

Karina-Kapurपाँच वर्षे प्रेमलापलाई विहेमा परिणत गरेपछि करिना कपुर र सैफ अलि खानको जोडीबारे धेरैले अडकलवाजी गरेका थिए, अब उनीहरु बच्चाको बारेमा सोच्नेछन् । औपचारिक विहे भएको एक वर्ष भइसक्यो तर उनीहरुले बच्चाको बारेमा योजना बनाएका छैनन् रे । कम्तिमा पाँच वर्ष बच्चा जन्माउने बारेमा नसोच्ने बताएकी करिनालाई सैफले पनि साथ दिएका छन् ।
सैफको पहिली पत्नीको सन्तान पनि छ । तर करिनामा सौतेनी भाव छैन । सैफका सन्तानलाई आफ्नै कोखका बालकझैं ब्यबहार गरेकी छिन् । सैफसित भने निकट प्रेमीको व्यवहार गरिरहेकी छिन् । सैफ पनि करिनाको व्यवहारबाट कृतज्ञ छन् ।
करिनाले केहीअघि भनेकी थिइन् ‘सैफ त पहिला नै ड्याडी भइसकेका छन्् । करिनासित बच्चाको चाहना राखेका छैनन् ।’ तर करिना पनि महिला न हुन्, उनको मनमा आमा बन्ने सोच होला । संचारकर्मीहरु पनि करिनासित यही प्रश्न बारम्बार सोधिरहन्छन् ।
हालै सिंघम-२ को सुटिङ हुँदाको घटना हो । करिना आफ्नो फिगर र डाइटको बारेमा निकै सचेत देखिएकी थिइन् । हेर्दा लाग्थ्यो, उनी यो वर्ष गर्भवती नबन्ने पक्कापक्की छ । तर छिट्टै नै करिनालाई आमा बन्न शुभेच्छुकहरुले सुझाव दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । करिनालाई पनि थाहा भएकै होला, ढिलो उमेरमा बच्चा जन्माउँदा निकै खतरा मोल्नुपर्ने हुनसक्छ । बलिउडमा केही समययता उनको व्यस्तता घटेको बेला बच्चा जन्माउन सुझाव शुभेच्छुकहरुले दिएका हुन् ।

Category: , ,

0 comments