जिस्म–टु’ को लागि माग गरियो एचआइभी टेष्टको प्रमाण

4:16 AM | 0 comments



हटेस्ट नायिका तथा पोर्नस्टार सन्नी लियोनले ‘जिस्म –टु’ को सुटिङका लागि आफ्ना कलाकार संग एचआइभि टेस्टको प्रमाण मागेको खबर बाहिर आएको छ । मुम्बईको एक अखबारका अनुसार सन्नीले उक्त फिल्मको शुटिङ गर्नुपूर्व आफ्ना कलाकारहरुबाट एचआइभी टेस्टको रिपोर्ट मागेकी थिइन् ।


यदी यो कुरा वास्तविक नै हो भने कलाकार सँग सन्नीले किन मागिन एचआइभी टेस्टको रिपोर्ट ? यो अचम्मको बिषय हो । पक्का पनि आजसम्मको फिल्ममा कलाकारिता गर्नु अघि उक्त फिल्म खेल्नका लागि कलाकारको अभिनय क्षमता, नृत्यको शैली, जीउडाल आदि हेरिन्छ तर सन्नीले किन एचआइभी टेस्टको रिपोर्ट हेरिन् त्यो उनीलाई नै थाहा होला । तर कसैले एचआइभी भए नभएको हेरेर फिल्ममा साइन गर्ने कुरा सुन्दा अचम्म लाग्नु स्वभाविक छ । तर यो बिषयलाई उनका श्रीमान ड्यानियल बिबरले स्विकारेका छैनन् ।

Category: , , , ,

0 comments