शोकमग्न भिडलाई सम्हाल्ने गाह्रो, प्रचण्ड लगायतका नेता त्यसै फर्किए

7:46 AM | 0 comments

२ दिन अघि भारतको नयाँ दिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिनका लागिको भिड सम्हाल्नै कठिन भएको छ । दिवंगत श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन हजारौं मानिस ओइरिएपछि प्रज्ञा भवनमा पुगेका मन्त्री तथा नेता समेत श्रद्धाञ्जली दिन नपाएर फर्किने अवस्था सृजना भएको छ ।
shrikrishna shrestha 2. jpg
श्रीकृष्ण श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णवहादुर महरा लगायतका नेताहरु प्रज्ञा भवनमा भीड लागेपछि त्यत्तिकै फर्किएका छन् ।
विमानस्थलदेखि नै उनको शवयात्रामा सहभागी भएका उनका शुभेच्छुकको भीडले प्रज्ञा भवनमा उनको शव राखिएको गाडी भित्राउन हम्मेहम्मे परेको थियो ।
सर्वसाधारणको भीडका कारण दाहाल र महरा तथा कंग्रेस नेता अर्जुननरसिंह केसी शव राखिएको गाडीमा फूल चढाएर निस्किएका थिए ।
प्रज्ञा भवनमा सबै कुरा अब्यवस्थित बनेको छ । ठेलम ठेल र खुट्टा टेक्ने ठाउँ नभएपछी मन्त्री र नेताहरु पार्थिव शरीरको नजिक समेत पुग्न सकेनन् ।
shrikrishna shrestha
प्रज्ञा भवनमा नेपाली सिने कलाकारहरुको पनि भिड लागेको छ ।
भारतको नयादिल्लीमा निधन भएका लोकप्रिय अभिनेता श्रीकृष्णको शव आजै काठमाण्डौँ ल्याइएको हो । श्रेष्ठको पार्थिब शरीर दिउँसो ३ बजे एयर इण्डियाको विमानबाट काठमाडौं ल्याइएको थियो ।
श्रद्धाञ्जलीपछि आजै अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम छ ।
अघिल्लो महिना मात्र अभिनेत्री स्वेता खड्कासँग विवाह गरेका अभिनेता श्रेष्ठको २ दिन अघि नयाँ दिल्लीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
विवाहको एक महिना पनि नपुग्दै पतिको निधन भएपछि स्वेताको अवस्था पनि अत्यन्त शोकमग्न भएको छ ।
- See more at: http://www.nepaliheadlines.com/2014-08-11-12-41-17.html#sthash.FkSE0P3m.dpuf

Category: , ,

0 comments