१२ वर्ष लगाएर तयार पारिएको सिनेमा ‘व्वाइहुड’ रिलिज:ट्रेलर हेर्नुस
१२ बर्ष लगाएर तयार पारिएको सिनेमा ‘व्वाइहुड’ रिलिज भएको छ।
विश्व फिल्म इतिहासमा सबैभन्दा लामो समयसम्म सुटिङ गर्ने सिनेमाको किर्तिमान बनाएको सिनेमामा एउटा बच्चाको पहिलो कक्षादेखि हाइस्कुल पास गर्दासम्मको कथा समेटिएको छ। सन् २००२ को ग्रीष्मबाट छाँयाङ्कन सुरू गरिएको सिनेमाको इन्डक्ल्याप सन् २०१३ को अक्टुवरमा भएको थियो।
सिनेमाका डाइरेक्टर रिचर्ड लिंकलेटर यो सिनेमाको लागि ४२सय वटा छाँयाकन तालिका बनाएका थिए। तर, सुटिङ भने ३९ दिन मात्र गरे। सिनेमाको कथालाई पर्दामा उतार्दा रिचर्ड आफ्नो सिनेमाको मुख्य पात्रलाई परिवर्तन गर्न चाँहदैनथे जसका कारण उनलाई सिनेमा सिध्याउन १२ वर्ष लागेको हो ।सिनेमामा एलर कोल्टरेनले मुख्य भूमिका निभाएका छन्। सिनेमाको सुटिङ थाल्दा उनी ६ वर्षका मात्र थिए।
रिचर्डले यसमा अभिनय गर्ने कलाकारहरूलाई सो कुरा पहिले नै बताएका थिए। सिनेमामा चरित्रलाई स्वभाविक देखाउने आफ्नो चाहना भएकाले फिल्म निर्माण गर्दा स्पेशल इफेक्ट, मेकअपको साहारालाई नकारिएको रिचर्डले बताएका छन्।
यसरी सिनेमा खिच्दा सबै कलाकारको डेट मिलाउनु पर्ने हैरानी भने उनले खेप्नु पर्यो। सिनेमा रिलिज भएपछी समिक्षकहरूले ‘व्वाइहुड’ लाई सिनेमा निर्माणको कोसेढुङ्गा भएको भन्दै प्रशंसा पाएको छ। सिनेमाले ६४ औ संस्करणको बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट निर्देशनतर्फको सिल्भर बियर अवार्ड जितेका थिए।
Category: bollywood, FEATURE, life style, news
0 comments