रेखाको अर्को झगडा,केटा मान्छे भएर मात्रै हात नहालेको

11:00 AM | 0 comments








नायिका रेखा थापाको निर्माण तथा निर्देशनमा तयार भएको उनको नयाँ चलचित्र ‘हिम्मतवाली’ को ट्रेलर अहिले निकै चर्चामा छ । यहि बडादशैंको फूलपातीका दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको यस चलचित्र ‘हिम्मतवाली’ मा  नायक सुदर्शन गौतम संसारकै पहिलो दुवै हात नभएका नायकका रूपमा देखा पर्दैछन । सुदर्शना अन्तरास्ट्रीय सम्मानहरु बाट सम्मानित पनि भएका छन् । नायिका रेखा थापाको यसअघिको चलचित्र ‘लंका’ले व्यवसायिक रुपमा सफलता पनि पाएको थियो र उनले त्यसपछि आफ्नै ब्यानरमा अर्को नयाँ चलचित्रमा निर्माण गरेकी चलचित्र ‘हिम्मतवाली’  ।



आफुलाई यस चलचित्र बाट  एक्सन लेडीका रुपमा दर्शकहरू माँझ परिचित हुन सजिलो हुने उनले बताउंदै आएकी छिन । यस चलचित्रमा नायिका रेखा थापाले खतरनाक स्टन्टका दृश्यहरू पनि दिएकी छन ।




चलचित्र ‘हिम्मतवाली’ मा द्धन्द्ध निर्देशन चन्द्र पन्तले गरेका छन । बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको यस यस चलचित्रलाइ रामशरण उप्रेतीले छायाँकन गरेका हुन् । ‘हिम्मतवाली’मा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने आमा सरस्वती थापा निर्माता रहेकी छन ।  अब रेखाको यो एक्सन प्रधान चलचित्र ‘हिम्मतवाली’लाई दर्शकले कत्तिको रुचाउने हुन त्यो भने प्रर्दशनमा आएपछि नै थाहा हुनेछ । अहिले रिलिज गरिएको यस चलचित्रको नयाँ ट्रेलर हेर्नुहोस् ।भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भारतमा हैन भन्ने कुरा लाई बिस्वमा पुराउन गरिएको फेसबुक अभियानमा साथ दिन सबैमा अनुरोध गरिएको छ।

Category: , , ,

0 comments