अन्तर्वार्तामा ज्योतिको स्तन देखिएपछि …

1:54 AM | 0 comments

काठमाण्डौ । नेपाल टेलिभिजनले लोक गायिका ज्योति मगरको अन्तर्वार्तामा पहिरन गतिलो नभएको भन्दै अन्तर्वार्ता प्रसारणमा रोक लगाएको छ ।

नेपाल टेलिभिजनको दोस्रो च्यानल अर्थात एनटिभी प्लस मा हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम ‘टि टाइम’मा अन्तर्वार्ता दिएकी लोक गायिका ज्योति मगरको अन्तर्वार्ता टेलिभिजनले रोकेको हो ।

प्रत्येक कार्यक्रममा बिभिन्न क्षेत्रका कलाकारसँगको अन्तर्वार्ता प्रसारण गर्दै आएको उक्त कार्यक्रममा ज्योतिको पोशाक उत्ताउलो रहेकोले अन्तर्वार्ता रोकेको टेलिभिजनले जनाएको छ । टेलिभिजनका अनुसार अन्तरवार्ताका क्रममा ज्योतिको स्तन नै प्रस्ट देखिएको थियो ।

टि टाइमका निर्देशक तथा लोक गायक इन्द्र जिसीले भड्कीलो पहिरनका कारण अन्तर्वार्ता रोकिएको जानकारी आफूले पाएको बताए । उक्त कार्यक्रम टि टाइमलाई लोकप्रिय भिजे अर्थात मोडल शोभा त्रिपाठीले चलाउदै आएकी थिइन ।


Category: , , , ,

0 comments