प्रचण्डलाई कटवालले येसरी थर्काए ‘राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन
काठमाडौँ, २९ साउन । नेपाली सेनाका पूर्व सेनापति रुकमाङ्गद कटवालको आत्मकथा बिहिबार सार्वजनिक भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली सेनाका पूर्व सेनापति कटवालको युद्धलाई पुस्तकमा प्रमुख प्राथमिकता दिइएको छ ।
प्रचण्डले आफूलाई फकाएको प्रसंग कोट्याउँदै पुस्तकको एक अंशमा कटवाल लेख्छन् :
‘तपाई र मेरो कस्तो केमेस्ट्री मिल्छ है, ‘प्रधामन्त्री प्रचण्डले कुरा सुरु गर्नुभयो, ‘जम्मा तीन महिना हो, दाइले आर्मीचाहि छाड्नुपर्यो ।’
‘म त कर्मठ सिपाही हुँ । मोर्चा छाडेर भाग्दिनँ ।’
‘हत्तेरी ! ४०/५० वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र !’ उहाँले फेरि भन्नुभयो, ‘महिनादिनमा न्युयोर्कको राजदूत खाली हुँदैछ, आजैको क्याबिनेटबाट पास गराइदिन्छु ।’
‘राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन ।’
प्रचण्डले कटवाललाई फकाएर भने ‘दाइ राजदूत बनेर सहयोग गरिदिनुपर्यो’
गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्ड नेतृत्वकै आतंककारी माओवादीसँग युद्ध लडेका नेपाली सेनाको नेतृत्व तहमा पुगेका तत्कालिन प्रधानसेनापति कटवालबीचमा भएको द्वन्द्वलाई पुस्तकमा प्राथामिकता दिइएको छ ।
प्रचण्डले पटक पटक आफ्नो निवासमा बोलाएर आफूलाई प्रधानसेनापति पद छोड्न गरेको आग्रहलाई अटेर गरेका कटवालले त्यसताका प्रचण्डसँग भएका कुराकानीलाई प्रष्ट रुपमा पुस्तकमा उल्लेख गरेका छन् ।

बिहिबार पुस्तकको विमोचन समारोहमा आफनो आत्मकथा स्वयम् आफैँ विमोचन गर्दै कटवालले पुस्तकमा प्रचण्डसँग र माओवादीसँग चलेका वाक युद्धलाई संक्षिप्तमा प्रस्तुत गरे ।
प्रचण्डले राजदूतको लोभ देखाएर प्रधानसेनापति छोड्न आग्रह गरेको उल्लेख गरे ।
प्रचण्डसँग पारिवारिक देखि तीतामिठासम्म कुरा भए
पूर्व प्रधानसेनापति कटवालले प्रचण्डसँगका विभिन्न भेटमा पारिवारिक तीता मिठा कुरा भएको समेत बताए। कटवालले भने ‘उहाँ एकदम नरम भाषा, एकदम सजिलो उहाँसँग कुरा गर्न खुब मजा आउथ्यो तर उहाँले नियम मिच्न खोज्नुभयो । नेपाली सेना संविधान सम्वत अगाडि बढ्यो ।
ओम शर्माले भने ‘कान्तिपुरमा ५० करोड हाल्नु भएछ है !’
पूर्व सेनापति कटवालले तत्काली प्रधानमन्त्री प्रचण्डका सल्लाहकार ओम शर्माको खोजी पुस्तक विमोचन समारोहमा गरे । उनले प्रधानमन्त्री कार्यालयको एक कोठामा आफूलाई कफि दिएर शर्माले गरेको प्रश्न र आफूले दिएको जवाफ कोट्याउँदै भने ‘ए दाई कान्तिपुरमा ५० करोड हाल्नु भएछ है !’
कटवालले आफूले दिएको जवाफ भन्दै भने ‘ए हो त ६३ ओटा बैंक लुटेको पैसा हाले ।’ हलमा हाँसोको फोहोर फैलियो ।
0 comments