गौतमबुद्ध नेपालमा जन्मिएका हुन्’ भारतले नेपाललाई १० हजार करोड सहायता गर्ने

7:08 AM | 0 comments

काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दश हजार करोड नेपाली रुपैयाँ सहुलीयत ऋण उपलव्ध गराउने बताएका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा रहेका मोदीले आइतबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा उनले नेपालको उर्जा क्षेत्रको उपयोगमा जोड दिएका छन् । उनले व्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा अधिकांश समय संविधान निर्माणका विषय र नेपाल भारत द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गरेका थिए ।


सदनमा नेपाली भाषाबाटै सम्बोधन शुरु गरेका उनले भारत र नेपालको सम्बन्ध हिमाल र गंगानदी  झैँ पवित्र र सुमधुर रहेको बताए ।

 हाम्रो सम्बन्ध कागजको होइन, मनको हो भन्दै उनले  दुवै देश  सास्कृतिक हिसावले उत्तिकै धनी भएको उल्लेख गरे ।

‘पशुपतीनाथको चरणमा खडा भएको छु सम्बोधनको क्रममा उनले भने ‘यो भुमि त्यही भुमि हो जसले विश्वलाई अचम्ममा पार्ने बुद्धलाई जन्म दिएको छ ।’ काशीको प्रतिनिधि बन्न पाउँदा आफू खुसी भएको बताउँदै  उनले नेपाल–भारतको साँस्कृतिक पक्षको बारेमा उत्तिकै प्रशंग कोट्ट्याए ।

नेपालीहरु  बहादुरीको प्रतिक भएको बताउँदै कयौँ नेपालीहरु भारतका लागि मर्न तयार रहेको धारणा राखे । लोकतन्त्रमा विश्वास गर्ने देशहरुले आज नेपाललाई हेरिरहेको छ भन्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बाटोमा हिँड्नु शौभाग्यशाली भएको बताए ।

संविधान केवल किताव मात्र नभएकाले सवैले मान्न सक्ने र युगौँ युगको आवश्यकताको  सम्बोधन गर्ने सक्ने संविधान निर्माण गर्नुपर्ने औँल्याए । ‘तपाईंहरु भाग्यमानी हुनुहुन्छ’ उनले भने ‘युगले चाहे अनुरुपको संविधान निर्माण गर्ने शौभाग्य पाउनु भएको छ ।’

। १०० वर्षपछि पनि देशको सुरक्षा गर्ने जिम्मा तपाईंहरुको हातमा रहेको छ भन्दै उनले संबिधानले आज र भोलिलाई जोड्नु पर्नेमा बताएका थिए ।  सर्वजन सुखायः र सर्वजन हितायः को भावनालाई संविधानले बोक्नु पर्ने भन्दै उनले सैलाई अपनत्व बोध गर्न सक्ने संविधान निर्माण गर्नुपर्ने खाँचो औँल्याएका थिए । नेपालका मानिसहरु भोकै भए भने भारत कसरी खुसी हुन सक्छ भन्दै उनले  नपालको आकांक्षा अनुरुपको सहयोग गर्न भारत तयार रहेको बताए ।  ।

बुद्धको जन्मभुमी अँध्यारो नहुने भन्दै उनले नेपालको जलक्षेत्रको द्विपक्षीय उपयोगमा जोड दिए । ‘भारतबाट जती विद्युत आयात भइरहेको छ त्यसलाई दोव्वर पार्ने मेरो योजना छ’ उनले भने ‘नेपालले पनि भारतलाई उर्जा क्षेत्रमा सहयोग गर्ने छ ।’ उनले नेपालको लोडसेडिङको अन्त्य गर्न आफू तयार रहेको बताउँदै नेपालले पनि भारतको विद्युत विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

युवाहरुको जोशले मुलुक बदल्न सक्ने भन्दै उनले युवाहरुको सहभागितामा जोड दिनु पर्ने बताए । त्यस्तै नेपालबाट भारत अध्ययनका लागि जान चाहने युवाहरुका लागि  शिक्षाको क्षेत्रमा छात्रबृत्तिको संख्या बढाउन भारत तयार रहेको बताए । जडिबुटी, पर्यटनको पूर्वाधार निर्माण, धार्मीक पर्यटन विस्तार आदी क्षेत्रमा पनि भारत सहयोग गर्न तयार रहेको उनको भनाई थियो

Category: , ,

0 comments