यी हुन् पालुंगो खानुको फाइदा

12:07 AM | 0 comments




 



पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । जिउमा रगतको कमी भएकाहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर यसका अन्य औषधिय गुणको बारेमा भने कमैलाई थाहा होला । विज्ञहरुका अनुसार पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पाइन्छन् जो सरीरलाई अत्यावश्यक हुन्छ ।




१ सय ग्राम पालुंगोको साथमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ । पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ ।




पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ । पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ । नियमित रुपमा पालुंगोको साग खानाले कारण स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।




जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ । रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ । थाइराइडको समस्या भएका हरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।

Category: , , ,

0 comments