खुस्वुले चरिको हत्यामा आरोप लगाएकी अर्पण कोईराला कहाँ छन् अहिले हेर्नुहोस् ।
काठमाडौं, साउन २७– प्रहरी ‘इन्काउन्टर’ बाट मारिएका भनिएका गुण्डा नाइके दिनेश अधिकारी चरीको प्रेमिका मोडल खुश्बु ओली अहिले चर्चामा छिन् । उनले चरीको हत्या भएको भन्दै विभिन्न किसिमका दाबी गर्दै आएकी छन् । ओलीले आफ्नो प्रेमीको हत्याको सूत्राधार आफू नभएर अर्पण कोइराला र प्रहरी निरिक्षक कुमुद ढुँगेल भएको आरोप लगाएकी छन् । अधिकारीको हत्या फिल्मी शैलीमा भएको भन्दै अर्पण कोइराला र कुमुद ढुङगानाले पठाएको म्यासेजले समेत हत्याको पुष्टी गर्ने समेत उनको दाबी छ । तर, उनले चर्चा गरेकी अर्पण कोइराला आखिर कहाँ छन् त ? वस्तावमा डन चरीसँग नजिकिए पनि सोभन्दा पहिले उनले हत्याको आरोप लगाउने गरेका अर्पण कोइराला सँग प्रेम सम्बन्धमा थिए । अपर्णका निकै नजिक रहेका एक साथीका अनुसार खुश्बु र चरी बीच अर्पणले नै भेट गराएका थिए । त्यति बेला सम्म प्रेममा लिप्त रहेका उनीहरुमा विस्तारै दरार उत्पन्न हुँदै आयो जति बेला खुश्बु र चरीबीच प्रेम झांगिन थाल्यो ।
चरी सँग सम्बन्ध रहे पछि विस्तारै अर्पण खुश्बु सँग टाढा बनेका थिए । स्रोत भन्छ– चरी र खुश्बु बीच भेट हुनु पहिले खुश्बुले अर्पण बाट मोटो रकम कुम्ल्याइ सकेकी थिइन् । अर्पणले खुश्बुका लागि गाडी र घरसमेत किनि दिएका थिए । तर, जब खुश्बु र चरी बीच सम्बन्ध झांगियो उनले अर्पणलाई इन्कार गर्दै गइन् र सम्पत्ती पनि सबै लिइन् । स्रोतका अनुसार अर्पण अहिले नेपालमा छैनन् । खुश्बुले सम्पत्ती सहित धोखा दिए पछि उनी भारतको उत्तरा खण्ड प्रदेशमा पर्ने देहरादुनमा रहेका छन् । त्यहाँ उनी खुश्बुलाई भुल्दै व्यापारमा व्यस्त रहेका छन् । आफूले खुश्बुको लागि निकै सहयोग गरे पनि सम्पत्ती सहित खुश्बुले आफूलाई धोखा दिएको उनले निकटटस्थसँग गुनासो गर्ने गरेका छन् । यसै बीच पछिल्लो समय खुश्बुको सम्पत्तीको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार खुस्बुले हालै धापाखेलमा सिभिल होम्स भित्र किनेको शंकास्पद भए पछि प्रहरीले सम्पत्ति शुद्धी करण अनुसन्धान विभाग सँग मिलेर छानबिन गर्न लागेको हो । यद्यपि, आफ्नो सम्पत्तिको विषयमा उठेको कुरामा छानविन गर्न चुनौति दिदै आफ्नो मनोवल गिराउन यस्तो हल्ला फैलाएको दावी गरिन् । खुश्बुले चरीको हत्या नियोजित भएको दाबी गर्दै आएकी छन् । उनले चरीको मृत्यु भएकै दिन त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरु सँग चरीको हत्या नभई सुनियोजित ढंगले भएको आरोप लगाएकी थिइन ् । अझँ उनले अधिकारीको जीवन भन्दा आफ्नो ईज्जत ठूलो नभएको भन्दै न्यायिक छानविन होस भनेर आफूले बोलेको बताएकी छन् । उनले बाहिर आफूलाई जोडेर आए जस्तो आफू हत्याको सूत्राधार नभएको भन्दै मुलुकमा प्रहरी अराजकता बढ्न नदिन आफूले अभियान चलाएको बताइन् । तस्विरः स्पटलाइट
Category: FEATURE, life style, nepali cinema
0 comments