सञ्चारमाध्यमसँग रिसाए प्रधानमन्त्री
काठमाडौं, श्रावण २७ । प्रधानमन्त्री सुशील कोइरालाले सञ्चारमाध्यमहरुले आफ्नाविरुद्ध गलत प्रचार थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । आज विहान समाचार संकलनका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका सञ्चारकर्मीसँग कोइरालाले आफूले काम गर्न नसकेको भनेर मिडियाले प्रचार गरेकामा दुःख व्यक्त गरे ।
आफूले सक्दो काम गरिरहेको
भन्दै प्रधानमन्त्री कोइरालाले गलत समाचार लेख्ने र प्रशारण गर्ने छुट सञ्चारकर्मी र सञ्चारमाध्यमलाई नभएको बताए । सञ्चारमाध्यमले नै गलत समाचार सम्प्रेषण गरे पछि कसरी मुलुक बन्छ भन्ने उनको प्रश्न थियो ।
- See more at: http://imagekhabar.com/samachar/detail/40464/29/.shtml#sthash.S3ZBP00a.dpuf
0 comments