यस्ता छन बाबुरामको ‘नयाँ शक्ति’का पाँच एजेण्डा

11:22 PM | 0 comments

रामकुमार डिसी, काठमाडौं, साउन २८- लामो समय देखि ‘नयाँ शक्ति उदय’को वहस चर्काउँदै आएका एनेकपा (माओवादी)का बरिष्ठ नेता डा. बाबुुराम भट्टराईले ‘नयाँ नेपालका लागि नयाँ शक्तिको पाँच एजेन्डा’ प्रस्तुत गरेका छन् ।
बुधवार समाजिक संजाल फेसवुक मार्फत भट्टराईले सार्वजनिक गरेको ती एजेन्डालाई ‘नयाँ नेपाल’का लागि ‘नयाँ शक्ति’ को ‘५-स’को एजेण्डाकारुपमा शुत्रवद्ध गरेका छन् । उनले ‘५-स’ अन्र्तगत शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादलाई आफुले भन्दै आएको नयाँ शक्तिको एजेन्डा हुने उल्लेख गरेका छन् ।

शान्तिबाट समाजवादसम्म
Baburamडा. भट्टराईले थप व्याख्या गर्दै ती एजेन्डाहरुबाट समाजवादसम्म पुग्ने लक्ष्य प्रस्तुत गरेका छन् । उनले शान्तिबाट संविधान बनाउने र संविधान निर्मान भएपछि शुशासन कायम हुने उल्लेख गरेका छन् । यस सँगसँगै समाजमा शुशासन कायम भएपछि समृद्धि तर्फ लाग्नु पर्ने र समृद्धिबाट अन्तिम लक्ष्य समाजबादसम्म पुग्न सकिने आफ्नो तर्क समेत उनले पेश गरेका छन् ।
उनले आफुले प्रस्तुत गरेका यी एजेन्डामा राष्ट्रिय सहमति गर्न नयाँ नेपाल बनाउन समेत आग्रह गरेका छन् । ‘यसमा राष्ट्रिय सहमति गरौं र बनाऔं नयाँ नेपाल’, भट्टराईले भनेका छन् । आफ्नो पार्टी भित्र समेत ‘नयाँ शक्तिको बहस’ चर्को रुपमा भट्टराईले उठाइरहेका छन् । तर पार्टीको मुल नेतृत्वले भने भट्टराईको नयाँ शक्ति ‘अमुर्त र यान्त्रिक’ भएको भन्दै उनको आलोचना गर्ने गरेका छन् ।
पार्टी भित्र र बाहिर सार्वजनिक बहसहरुमा पनि आफ्नो नयाँ शक्तिको बारेमा ब्याख्या दिन थालेका उनले आफ्नो पार्टी र अन्य पार्टीमा रहेका ‘प्रगतिशिल नयाँ सोच’ राख्नेहरु आफुले भन्दै आएको नयाँ शक्तिमा सामेल हुन सक्ने बताउँदै आएका छन् ।
- See more at: http://www.npnews.

Category: ,

0 comments