थाहा पाइराखौ है मृगौला फेलका लक्षणहरू !
मृगौला मानव शरीरको एक महत्व पूर्ण अंग हो । जसले रगतमा भएका फोर कुराहरु लाइ छान्ने,राता रक्त कोष निर्माण प्रक्रिया लाई सक्रिय तुल्याउदै शरीर को रक्तचाप लाई सन्तुलित गर्ने जस्ता कार्यमा सहयोग पुर्याई रहेको हुन्छ। चिकित्सकहरूका अनुसार मृगौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अङ्गमा लागेका रोगहरूका कारण । राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक समेत रहेका डा. काफ्ले भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मृगौलामा असर गर्न सक्ने सम्भावना रहन्छ,’ उनले थपे, ‘त्यस्तै मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मृगौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस्, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।’ डा. बरालले मृगौला रोगीको उपचारका क्रममा बटुलेको अनुभव सुनाए, ‘जन्मजात हुने समस्या, वंशाणुगत रोगको समस्या, मधुमेह, उच्च रक्तचाप, बाथ तथा नसाका रोगहरू, मुटु, फोक्सो कलेजोमा हुने विभिन्न रोगहरूका कारण पनि मृगौलामा समस्या आउँछ ।’ शरीरको सञ्चालन प्रक्रिया मृगौलाबिना सम्भव नै नहुने भएकाले समस्या देखिनासाथ उपचार खोजिहाल्नुपर्छ । मृगौलाले काम गर्न नसकेको अवस्थामा चाहिँ मेसिनको सहायतामा मृगौलाको काम गराउने पद्धति डाइलासिस वा मृगौलाको प्रत्यारोपणको विकल्प रहन्न । अत : मृगौला फेल क लक्षन हरु निम्न अनुसार छन् ।
शरीर दुब्लाउँदै जाने – शरीरका विभिन्न अङ्ग सुन्निने – पिसाब कम हुने र पोल्ने – पिसाबमा रगत देखिने – क्षणक्षणमा पिसाब भइरहने – थोरै हिँड्दा पनि थकाइ लाग्ने – सास फेर्न गाह्रो हुने – कोखा दुख्ने, ज्वरो आउने – खानामा रुचि घट्ने -पिँडौलाको मासु फर्किने – वाकवाकी लाग्ने – छाला सुख्खा हुने र चिलाउने – उच्च रक्तचाप हुने – रगतको मात्रा कम हुँदै जाने – महिनावारी समयमा नहुने – यौन रुचि घट्दै जाने – प्रजनन दरमा कमी आउने – ढाड र कम्मर दुख्ने ।
कसरी गर्ने मृगौलाको हेरचाह ?
चिकित्सकहरू भन्छन्, ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।’ त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउन डा. शाहको सल्लाह छ ।
प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ । चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।
Category: FEATURE, health, life style, news
0 comments